प्यूठान, ४ असोज । ब्लड क्यान्सर रोगबाट पिडित स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका बल बहादुर बुढाथोकी उपचारमा ‘We Are One Royal Pyuthan’ ग्रुपले आर्थिक सहयोग गरेको छ ।
फेसबुकमार्फत संकलन भएको रकम रु ५ हजार १ सय पाचँ रुपैयाँ आज ग्रुपको टिममार्फत उहाँको घरमै पुगी हस्तान्तरण गरिएको शिव बस्नेतले जानकारी दिनुभयो । आर्थिक अवस्था नाजुक भएका कारण उपचारका लागि समस्या भएको भन्दै सहयोग संकलन रकम हस्तान्तरण गरिएको उहाँको भनाई छ ।
ग्रुपले केहि दिन अघि स्वर्गद्वारी नगरपालिका ४ का गोठिवाङकि १७ वर्षीय अस्मिता नेपालीको उपचारमा ५ हजार र प्यूठान नगरपालिका ८ बाग्दुलाकि दुर्गा गिरीको उपचारमा ७ हजार आर्थिक सहयोग गरेको थियो ।






