राष्ट्रिय

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भत्ता नलिने

प्यूठान, २२ जेठ । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कुनै पनि भत्ता नलिने घोषणा गर्नुभएको छ ।

२०७७ साल जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भ्रमण भत्ता नलिने उहाँले घोषणा गर्नुभएको हो ।

उक्त भत्ताहरु नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिन संघीय संसदको सचिवालय आर्थिक प्रशासन शाखालाई अनुरोध गर्नूभएको छ ।यतिबेला मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको लागि आफूले भत्ता नलिने घोषणा गरेको उहाँको भनाई छ ।

Related Articles

Back to top button