प्यूठान । खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिना देखि डाक्टर नहुँदा विरामीको उपचारमा समस्या देखिएको भन्दै डाक्टर ल्याउन पहल थालिएको छ । केन्द्रमा कार्यरत डाक्टर अध्ययन विदामा रहेकाले बैशाख देखि स्वास्थ्य केन्द्र डाक्टर विहिन छ ।
उक्त विषयमा खलंगा सरोकार समुहले आज गाउँपालिकासँग छलफल गरेको छ । छलफलमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले केन्द्र, प्रदेशसँग कुराकानी भइरहेको जानकारी दिनुभयो । उपाध्यक्ष रमेश कुमार श्रेष्ठले प्रदेशको मन्त्रालयमै पुगेर उक्त विषयमा ध्यानाकर्षण गराएृको बताउनुभयो ।
त्यसैगरि खलंगा बजार क्षेत्रमा रहेको विजुलीको नांगो तारलाई हटाएर कालो तार राख्न समेत पहल गरिएको छ । छलफलपछि पालिकाले उक्त विषयका लागि विद्युत प्राधिकरणलाई पत्र पठाएको छ ।
पालिका भित्रका अरु विषयमा समेत छलफल भएको थियो । छलफलमा सरकोरार समुहका संयोजक मनोज कुमार श्रेष्ठ सहित नागरिक समाजका व्यक्ति, पालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती थियो ।
खलंगा सरोकार समुहले मल्लरानी गाउँपालिकाको समग्र विकासका लागि समन्वयात्मक छलफल गर्दै आएको संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।