राष्ट्रियसमाजस्थानीय सरकार

बालज्योति प्राबिको नव निर्मित बिद्यालय भवन उद्घाटन

वासुदेव गिरी
प्युठान । शिक्षाको चौतर्फी बिकासको लागि स्थानीय, शिक्षक, बिद्यार्थी र स्थानीय सरकारको सक्रियता र समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

झिमरुक गाउँपालिका वडा नम्बर ६, चिचिण्डेमा निर्माण गरिएको नवनिर्मित बिद्यालय बाल ज्योति प्रा.बि.को ४ कोठे भवन उद्घाटनको क्रममा सरोकारवालाले यस्तो बताएका हुन ।

सोमबार नव निर्मित बिद्यालय भवनको एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो।

 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष महतरा क्षेत्रीले शिक्षा क्षेत्रको पुर्वाधार पनि महत्त्वपूर्ण भएको भन्दै स्थानीय जनताले सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो। “बनेको भवनको संरक्षण र सम्बर्द्धन गर्नु स्थानीय सरकार र जनताको दायित्व हो ।” उहाँले भन्नुभयो,”बनेको पुर्वाधारबाट हाम्रा साना बालबालिकाको पठनपाठनमा सहजता हुनेछ ।” शिक्षा मानिसको नैसर्गिक अधिकार भएकोले सबैले शिक्षाको पहुँचमा ल्याउने बताउनुभयो ।

 


झिमरुक-५,को चुधारामा रहेको बिद्यालय पहिरोको जोखिममा परेपछि बिद्यालयलाई स्थानान्तरण गरिएको हो । नयाँ भवन निर्माण भए संगै स्थानीय बालबालिकालाई पठनपाठनमा सहजता हुने छ ।

 

शैक्षिक क्षेत्रमा सबैको सहकार्यबाट शिक्षाको सुधार हुने उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । “आफ्नो बिधालय कस्तो बनाउने भन्ने चासो स्थानीयले दिनुपर्छ।” उहाँले भन्नुभयो,” शिक्षक विद्यार्थी र अभिभावकको सहकार्य बिना शिक्षामा सुधार गर्न सकिदैन।” अब सडक मात्र बिकास हो भन्ने कुरा छाडेर किसानलाई आत्मनिर्भर बनाउने कार्यक्रमको लागि नीतिनिर्माण गर्न आफू लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

४ कोठे भवनको लागत ५१ लाख बजेट बिनियोजन गरिएको इन्जिनियर अशोक जिसीले जानकारी दिनुभयो ।

 

सडक पहिरो ब्यवस्थापन गर्न पालिकाबाट १ लाख ९६ हजार बजेट बिनियोजन भएको बाल ज्योति प्रा.बि. प्रधानाध्यापक दुर्पता पन्थिले बताउनुभयो । कक्षा १ देखि ३ सम्म संचालन भएको बिद्यालयको कार्यक्रममा विभिन्न ब्याक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

 

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष केशब राज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पित बहादुर महतरा क्षेत्री र विशेष अतिथी उपाध्यक्ष प्रमोद पोख्रेल हुनुहुन्थ्यो । कार्यक्रममा वडा अध्यक्ष धन बहादुर पुन, सिताराम पोख्रेल र दधिराम पोख्रेल सहित शिक्षक बुद्धिजीवी समाजसेवी लगाएको उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button