> राष्ट्रिय > सिबिआरबारे पत्रकारलाई अभिमुखिकरण


सिबिआरबारे पत्रकारलाई अभिमुखिकरण

प्युठान । अपाङ्गता भएका व्यक्तिलाई समुदायमा आधारित पुर्नस्थापना (सिबिआर) कार्यक्रमबारे जिल्लाका पत्रकारलाई अभिमुखिकरण गरिएको छ । लुम्बिनी प्रदेशले बनाएको सिविआर निर्देशिका-२०७७ अनुसार मल्लरानी गाउँपालिकाले संचालन गरेको सिबिआर कार्यक्रमबारे पत्रकार र संघ संस्थाका प्रतिनिधिलाई अभिमुखिकरण गरिएको हो ।

निर्देशिका अनुसार गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा सिविआर व्यवस्थापन तथा समन्वय समिति गठन गरेर कार्यक्रम अघि बढाईएको छ । जिल्ला स्थित राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानसँग सहकार्य गरि कार्यक्रम गरिएको छ ।


जिल्लामा र प्रदेशभरिमै मल्लरानीमा मात्र सिविआर कार्यक्रम लागु भएको राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका कार्यकारी निर्देशक जुमानसिंह केसीले बताउनुभयो । सिविआरले शिक्षा, स्वास्थ्य, स्वरोजगार, आयआर्जन, सीप विकास, सशक्तिकरण, सञ्जालिकरण, न्यायमा पहुँच, जनचेतना, जनवकालत, सहायक सामाग्री सहयोग लगायतका क्षेत्रलाई समेटेर कार्यक्रम गर्ने गरेको कार्यकारी निर्देशक केसीले बताउनुभयो ।

 


कार्यक्रममा पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले
अपाङ्गताको सवालमा संचारकर्मी संबेदनसिल रहेको भन्दै यस सवालमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाउनुभयो । सिबिआर कार्यक्रम अरु पालिकाले समेत संचालन गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *