प्यूठान, २८ भाद्र । फुलबारी एकिकृत ग्रामिण विकास संस्था नेपालले स्वर्गद्वारी नगरपालिकालाई ९७ हजार ९ सय ३५ रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण विकास संस्था नेपालको साझेदारी कार्यक्रम कृषि तथा जीविकोपार्जन प्रवर्धन परियोजना (GOAL-ll ) अन्तर्गत संस्थाले आज एक कार्यक्रमका विच संस्थाका अध्यक्ष गणेन्द्र बहादुर बस्नेत मार्फत स्वर्गद्वारी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पालिका संयोजन मोहन सुवदिले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्रीहरुमा ४००० थानसर्जीकल माक्स, १००० थान सर्जीकल ग्लोब्स, ५० लिटर स्यानीटाईजर, ५० थान डिजीटल थर्मोमिटर, २० लिटर हाइपोथेटिकल क्लोराईड र १०० थान VTM रहेका छन् ।
अग्रपङ्तीमा खटेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने संस्थाले सहयोग हो । उहाँले भन्नुभयो, संस्थाले यसअघि पनि २ पटक गरी १ लाख ७० हजारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।