> आर्थिक > लक डाउनमा नदि नियन्त्रणको काम


लक डाउनमा नदि नियन्त्रणको काम

कमल बि.क.
प्यूठान, १३ वैशाख ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रणको लागि लक डाउनको अवस्थामै झिमरुका नदि किनारमा तटबन्धको काम शुरु भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको निर्णय बमोजिम जिल्ला विपद व्यवस्थापन समिति प्यूठानको वैशाख ९ गते बसेको बैठकको निर्णय अनुसार सिंचाई र तटबन्धका योजना निर्धारित मापदण्डमा रहेर काम सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय प्यूठानका सहयायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकारी दिनुभएको छ ।

प्यूठान नगरपालिका स्थित वडा नं. २, ४ र ८ नम्बरमा लक डाउन पछि रोकिएको तटबन्ध (नदि नियन्त्रण) को काम सञ्चालनमा आएको सिँचाई डिभिजन कार्यालय प्यूठानका डिभिजन प्रमुख दामेदर सापकोटाले जानकारी दिनुभयो । वर्षात् सुरु भई नदिको बहाव बढेर योजनालाई प्रभावित पार्ने भएकोले लक डाउनको अवस्थालाई समेत ध्यानमा राखी असार मसान्त अगावै काम सम्पन्न गर्ने गरी काम सुचारु भएको सापकोटाले बताउनुभयो ।

डिभिजन अन्तर्गत सिंचाई, तटबन्ध (नदि नियन्त्रण) को योजना रहेता पनि तत्काल तटबन्धको काम सुचारु भएको समेत सापकोटाको भनाई छ ।

प्यूठान नगरपालिका वडा नम्वर ४ स्थित नदि निययन्त्रणको काम जोशी/मल्लरानी/हरीयाली जेभीबाट सुचारु भएको प्रतिनिध गोविन्द कार्कीले जानकारी दिनुभयो । स्थानीय जनशक्तिको प्रयोग र कामकमा व्यक्तिगत दुरी कायम गरी सुरक्षा सतर्कता अपनाइएको समेत कार्कीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *