> आर्थिक > गाउँपालिकाको विपद कोषमा सहकारीको सहयोग


गाउँपालिकाको विपद कोषमा सहकारीको सहयोग

कमल वि.क.
प्यूठान, १२ बैशाख ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि गाउँपालिका स्तरीय सहकारी सञ्जाल मल्लरानी गाउँपालिका खलंगा प्यूठानले मल्लरानी गाउँपालिकाको विपद व्यवस्थापन कोषमा राहत रकम उपलब्ध गराएको छ । सहकारी सञ्जालले विपद कोषको नेपाल बैंक लिमिटेड खलंगा शाखामा रहेको खातामा ६९ हजार सात सय छैंसठी रुपियाँ जम्मा गरेको हो ।
गाउँपालिका अन्तर्गतका ९ वटा सहकारीबाट उक्त रकम जम्मा गरिएको हो । पालिकास्तरका २० वटा सहकारीले एक लाख ४२ हजार दुई सय ६६ कोषमा जम्मा गर्ने सञ्जालका अध्यक्ष टुक बहादुर रोकाले जानकारी दिनुभयो । गाउँपालिकाले राहत रकम संकलनको लागि नेपाल बैंक लिमिटेडको खाता नं. ०५२०३००००००००५००४००१ सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *