प्युठान । प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानले ‘मिसन ग्रासरुट’ अभियानलाई लक्षित गरि जिल्ला भेला सप्पन्न गरेको छ । आज शहिद उमेशचन्द्र स्मृति प्रतिस्ठान बिजुवारमा सप्पन्न भेलाले जारी रहेको ‘मिसन ग्रासरुट’ अभियानलाई प्रभावकारी रुपमा सम्पन्न गर्न प्रचारप्रसारको काम गर्ने निर्णय गरेको छ ।
भेलामा प्रमुख अतिथि नेकपा(एमाले) प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले पार्टीले थालेको अभियान अहिले तीब्र रुपमा अघि बढेको बताउँदै यस अभियानले पार्टी सुदृढीकरण र बिस्तारमा सहयोग पुगेको बताउनुभयो ।
अध्यक्ष बिष्टले चौतारीको गतिविधिलाई ब्यापक बनाउन कार्ययोजना सहित अगाडी बढ्न समेत निर्देशन दिनुभएको छ । उहाँले जिल्लामा २३ वटा जनबर्गीय संगठन कृयाशिल रहेको उल्लेख गर्दै चैतारीको सदस्यता वृद्धि लगायतका बिषयमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टी उप सचिब तथा प्रचार बिभग प्रमुख दिपा पौडेल , सचिवालय सदस्य तथा चौतारीका इन्चार्ज गिरु प्रसाद भण्डारी, प्रचार बिभाग उप प्रमुख बिजयसिंह भारती, चौतारीका पुर्व अध्यक्ष नोमराज पौडेलले मन्तव्य राख्नुभएको थियो ।
चौतारीका जिल्ला अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब राम बहादुर बिश्वकर्माले गर्नुभएको थियो ।
![](https://pyuthansamachar.com/wp-content/uploads/2020/09/119033315_322448785529119_2565593163984391492_n.jpg)