> राष्ट्रिय > प्यूठानमा पानीको मूल्य अधिकतम खुद्रा मुल्यभन्दा बढी, अनुमति विना उद्योग सञ्चालन


प्यूठानमा पानीको मूल्य अधिकतम खुद्रा मुल्यभन्दा बढी, अनुमति विना उद्योग सञ्चालन

प्यूठान । अघिल्लो साता इलाका प्रशासन कार्यालय प्यूठानले तनि वटा पालिकाका क्षेत्र भित्रका बजारको अनुगमन गर्‍यो । स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाको बजार क्षेत्रमा पुगेर अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक सहितको टोलीले गरेको अनुगमनमा अधिकांश स्थानमा पानीको मूल्य अत्यधिक भेटियो । अधिकतम खुद्रा मूल्य भन्दा बढी मूल्य लिएर पीउने पानी विक्री वितरण भइरहेको भेटिएको इलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख बावुराम पुरीले जानकारी दिनुभयो । त्यस्ता व्यवसायीलाई सचेत गराइएको उहाँले जानकारी दिनुभयो ।
तीन दिनसम्म गरिएको अनुगमनमा एक सय ३९ वटा फर्म अवलोकन गरिएको प्रमुख पुरीले बताउनुभयो ।


सरुमारानी गाउँपालिकाको दरभान, माण्डवी गाउँपालिकाको चकचके, जस्पुर, स्वर्गद्वारी नगरपालिकाको भिंगृ, जलुके क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा केहि खाद्य उद्योगले खाद्य अनुज्ञा पत्र नलिई उद्योग सञ्चालन गरेको भेटिएको छ । चाउमिन उद्योग, बेकरी उद्योगले अनुज्ञा पत्र नलिएको भेटिएकाले अनुज्ञा पत्र लिन सम तोकिएको कार्यालय प्रमुख पुरीले बताउनुभयो ।
होटल तथा रेष्टुरामा अखाद्य रङको बढी प्रयोग गरिएको पाइएको छ । उनीहरुलाई सचेत गराइएको छ ।

वार्षिक कार्यक्रम अनुसार बजार अनुगमन गरिएको हो । बाणिज्य विभागले आफूलाई निरीक्षण अधिकृत समेत तोकेको हुँदा अन्य बेलामा पनि बजार अनुगमन गरिने उहाँले बताउनुभयो । बजारमा मुल्य सूचि नराख्ने, दर्ता नविकरण नगर्ने, म्याद गुज्रिएको सामान विक्रि गर्ने लगायतका समस्या देखिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *