> राष्ट्रिय > सुत्केरी र गर्भवती क्वारेन्टाइनमा


सुत्केरी र गर्भवती क्वारेन्टाइनमा

झइन्द्र भण्डारी
प्यूठान, १२ बैशाख ।
कोरोना संक्रमणको जोखिमबाट बच्न जिल्ला बाहिरबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ । स्वर्गद्वारी नगरपालिका–मा नौ महिनाकी गर्भवती सहित एक महिनाकी सुत्केरी क्वारेन्टाइनमा बसिरहेका छन् ।
बैशाख ९ गते काठमाण्डौबाट आएका उनीहरू अहिले पालिकाले बनाएको क्वारेन्टाइनमा विद्यालयमा छन । बाल माध्यमिक विद्यालय अडेबासमा गर्भवती महिला र जनता प्राथामिक विद्यालय नोसमा सुत्केरी महिलालाई राखिएको छ । १७ वर्षीयाया अमृता घर्ति एक महिनाकी छोरी सहित क्वारेन्टाइनमा हुनुहुन्छ ।
अहिलेसम्म नगरपालिकाका विभिन्न स्थानमा गरि १९२ जना मध्ये ४९ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट गरि घर पठाईएको छ । भने १४३ जना अझै क्वारेन्टाइनमै छन् । त्यसमध्ये मध्य १२७ जना २ नम्वर वडाका दुई वटा विद्यालयमा मात्र छन् ।
काठमाडौको इटाभट्टाबाट फर्किएका सवै दुई नम्वर वडाका भएकोले धेरै संख्या भएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनुभयो । दुवै ठाउँका नागरिकको स्वास्थ्य स्थिति सहित बसाइँ व्यवस्थापनको अनुगमन गर्नुभएको स्वकीय सचिव रमेश पोख्रेलले बताउनुभयो । बसाई व्यवस्थापनमा केहि समस्या देखिएको नगरप्रमुखले बताउनुभएको छ । बसाई व्यवस्थापनले अरु रोग लाग्न सक्ने भएकाले त्यसतर्फ सचेत हुँदै सुरक्षित खानेपानी र खानाको व्यवस्थापन गरिएको बताउनुभयो ।
सुत्केरी र गर्भवतीको परिवारनै क्वारेन्टाइनमा रहेकाले उनीहरु पनि क्वारेन्टाइनमा बसेको प्रमुख क्षेत्रीले बताउनुभयो । गर्भवती महिलाको वैशाख १५ गते अन्तिम स्वास्थ जाँच रहेकोले उक्त व्यवस्था क्वारेन्टाइनमै मिलाईएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा बसेका १२७ जनालाइ एक र एक एक थान माक्स हातधुने साबन पनि बितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *