> खेलकुद > ब्राजिल शानदार जित सँगै सेमिफाइलनमा, अर्जेन्टिना, उरुग्वेका खेल पनि हुने


ब्राजिल शानदार जित सँगै सेमिफाइलनमा, अर्जेन्टिना, उरुग्वेका खेल पनि हुने

प्यूठान, १९ असार । जारी कोपा अमेरिकामा विहान भएका खेलमा पेरु र ब्राजिलले जित निकाल्दै सेमिफानलमा भिडने भएका छन् ।

 

पेरुले पाराग्वे विरुद्ध संघर्षपूर्ण जित निकालेको छ । ३–३ को बराबरी भएपछि खेलको नतिजा पेनाल्टीबाट लिइएको थियो । समान ६ पनाल्टीमा पेरुले ४ र पाराग्वेले ३ गोल गरेको थियो ।

त्यस्तै अर्को खेलमा ब्राजिलले चिली विरुद्ध १–० गोल अन्तरको शानदार जित निकालेको छ । जितमा ४६ मिनेटमा पक्येटाले गरेको गाले नै निर्णायक बन्यो । ४८ मिनेटमा जिसुसले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो ।

 

क्वारट फाइनलको अन्तिम खेल अन्र्तगत आइतवार विहान उरुग्वे र अर्जेन्टिना छुट्टाछुट्टै खेल्दैछन् । विहान ३ः४५ मा उरुग्वे विरुद्ध कोलम्बिया र ६ः४५ मा अर्जेन्टिना विरुद्ध इक्वेडर खेल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *