> खेलकुद > बार्सिलोना फुटबल क्लवले खेलाडीमा कोरोना परिक्षण गर्ने


बार्सिलोना फुटबल क्लवले खेलाडीमा कोरोना परिक्षण गर्ने

प्यूठान, २४  बैशाख ।
स्पेनिस क्लव वार्सिलोनाले आफ्ना खेलाडीमा कोरोना भाइरसको परिक्षण गर्ने भएको छ ।

बार्सिलोनाले टिमको प्रशिक्षण थाल्नु अघि खेलाडीमा कोरोना भाइरस छ की छैन भनेर जाँच गर्न लागेको हो । बार्सिलोनाले प्रेस विज्ञप्ती निकालेर खेलाडीको कोरोना परिक्षण गर्ने जनाएको छ । स्पेन सरकारले अनुमति दिएपछि प्रशिक्षण सुरु गरेको छ । खेलाडीहरुले व्यक्तिगत दुरी कायम गर्दै अभ्यास गरिरहेका छन् ।

कोरोनाले स्थगित ला लिगा सबै खेलाडीको स्वास्थ्य जाँच गरी दर्शक विनाको रंगशालामा जुनको पहिलो सातामा सुरु गर्ने आयोजकले तयारी गरिसकेको छ । मार्च देखी लिग अनिश्चिित कालको लागि स्थगित गरिएको थियो ।

यस सिजन २७ खेलमा २ अंकको अग्रता कायम राख्दै बार्सिलोना ५८ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा ५६ अङ्कसहित रियल मड्रिड दोस्रो स्थानमा छ । लिगमा अव ११ चरणको खेल खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *