प्यूठान । १२ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालनको मिति तय भएको छ । जिल्ला खेलकुद विकास समिति प्यूठानले फागुन १८ गतेदेखि गणतान्त्रिक खेल मैदान विजुवारमा प्रतियोगिता सञ्चालन गर्ने निणर्य गरेको हो ।
यसअघि जिल्लाका सवै स्थानीय तहले पालिका स्तरमा रनिङशिल्ड सम्पन्न गरिसकेको समितिका उपाध्यक्ष विमल प्रसाद पोख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक पालिकाबाट कम्तीमा ६० जना खेलाडी सहभागी हुने उहाँले बताउनुभयो ।
प्रतियोगितामा भलिवल, कब्बड्डी, रिले दौड, दौड, मार्सल आटर््स, एथलेटिक्स तर्फका विविध खेल हुनेछन् । सवैभन्दा बढी पदक जित्ने पालिकाले शिल्ड जित्नेछ । साथै जिल्लाबाट उत्कृष्ट छनौट भएका करीव ९० जना खेलाडी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्डमा सहभागिता जनाउने उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।