प्यूठान, ५ असार । जारी युरोकप २०२० अन्र्तगत दोस्रो चरणको अन्तिम ३ खेल आज हुँदैछन् ।
पहिलो खेल साँझ ६ः४५ मा समुह एफ को हंगेरी र फ्रान्स विच हुने भएको छ भने दोस्रो खेल राती ९ः४५ मा पोर्चुगल र जर्मनी बिच हुनेछ । अन्तिम खेल १२ः४५ मा समुह इ मा रहेका स्पेन र पोल्याण्ड बिच हुनेछ ।
१ खेल जितेका पोर्चुगल र फ्रान्स ३ अंक सहित पहिलो र दोस्रो स्थानमा छन् समान खेलमा जर्मनी र हंगेरी अंक विहिन रहेका छन् । स्वीडेन संग १ अंक बाडेको स्पेनको १ अंक छ भने पोल्याण्ड अंक विहिन रहेको छ ।