> समाज > प्यूठानमा दुई जना स्वास्थ्यकर्मिसहित २९ जनामा कोरोना संक्रमण


प्यूठानमा दुई जना स्वास्थ्यकर्मिसहित २९ जनामा कोरोना संक्रमण

प्यूठान, ८ असार । प्यूठानमा सोमवार दुई जना स्वास्थ्यकर्मी सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा सोमवार गरिएको परिक्षणमा प्यूठानका थप २३ जनामा र आइतवार साझ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज २४ जनाको रिर्पोट आएकोमा एक जनाको फलोअप परीक्षणमा पोजेटिभ देखिएको हो ।

प्यूठानमा पहिलो पटक संक्रमितको उपचारमा खटिएका २ जना स्वास्थ्यकर्मिलाइ कोरोना संक्रमण देखिएको हो ।

को हुन स्वास्थ्यकर्मी ?
संक्रमित स्वास्थ्यकर्मी प्यूठान नगरपालिका भित्रका रहेका छन् । उनीहरु एक जना प्यारामेडिक्स र एक जना नर्सिंग हुन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *