> समाज > झिमरुक गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम


झिमरुक गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम

प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले बिजया दशमी, दिपावली, नेपाल सम्वत, छठ पर्वको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

 

 

बिहिवार झिमरुक गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पर्वहरुको आफ्नै महत्त्व र गरिमा रहेकोले यसलाई थप उल्लासमय बनाउन तडकभडकर भड्किलो नगरी रमाइलो रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए ।

 

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेतीले बिजय उत्सवको प्रतीकको रुपमा मनाउदै आएको दशैपर्व देखासिखी खर्चिलो र भड्किलो नबनाई मितव्ययी बनाउनुपर्ने बताउनुभयो ।
चाडपर्वमा मात्र होइन अघिपछि पनि तडकभडक र फजुज खर्चबाट जोगिनुपर्ने उहाँको भनाई छ ।

 

त्यस्तै उपाध्यक्ष प्रमोद पोख्रेलले चाडवाडलाई रमाईलो गरी खर्च र स्वास्थ्यको ख्याल गर्दै सावधानीका साथ मनाउनुपर्ने वताउनुभयो । पालिकाको कला, संस्कृति परम्परालाई संरक्षण गर्दै अगाडि बढ्नुपर्ने वताउनुभयो । समुदायमा सामाजिक सद्भाव कायम गर्दै सांस्कृतिक प्रबर्द्धन गर्दै आ-आफ्ना चाडपर्वहरु ढुक्क भएर मनाउन जनतालाई उपाध्यक्ष पोख्रेलले आग्रह गर्नुभयो ।

 

कार्यक्रममा झिमरुक गाउँपाइका वडा नम्बर ३,६, ७ र ८ नम्बर वडा अध्यक्षहरु क्रमश मीन बहादुर केसी, धन बहादुर पुन,कृष्ण बहादुर जिसी, तुलस बहादुर बस्नेत, कार्यपालिका सदस्य कल्पना थापा (एमसी) शुभकामना ब्यक्त गर्दै सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभयो ।

 

पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता र उपाध्यक्ष प्रमोद पोख्रेलको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत पवन शाही ठकुरीले र सञ्चालन शिक्षा शाखामा कार्यरत पुष्प रानाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *