> आर्थिक/बिकास > सहकारीलाई उत्पादनशील क्षेत्रमा जोडेर लैजानुपर्नेमा जोड : अध्यक्ष एमसी


सहकारीलाई उत्पादनशील क्षेत्रमा जोडेर लैजानुपर्नेमा जोड : अध्यक्ष एमसी

वासुदेव गिरी
प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा संचालित सहकारी संस्थाहरुले आफुलाई बचत संकलन संगसंगै उत्पादनशील क्षेत्रम जोडेर लैजानुपर्ने आवश्यकता रहेको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभएको छ ।

भुमेथान महिला बचत तथा ऋण सहकारी संस्था झिमरुक गाउँपालिका-६ नेटाको ११ औं साधारणसभा कार्यक्रमको प्रमुख अथिती समेत रहेका अध्यक्ष महतरा क्षेत्रीले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानीका दायरा बढाउन सकेमात्र गरिबी न्यूनीकरणमा टेवा पुग्ने र आर्थिक अवस्थामा सुधार ल्याउन सकिने बताउनुभएको हो ।


पालिकाभर ३२ वटा सहकारी विधिवत रुपमा दर्ता भइ संचालनमा रहेको उल्लेख गर्दै पालिकामा दर्ता भएका सहकारीहरुको बिकास र प्रबर्द्धनको लागि ठोस कार्ययोजना बनाएर अगाडि बढ्ने तयारी गरेको बताउनुभयो ।

२ सय ८५ जना महिला सदस्य भएको सहकारीले बालबालिका तथा जेष्ठ नागरिकलाई सहयोग पुग्ने, पोषणको क्षेत्रमा सहयोग गरेको सेयर सदस्यहरुको घरपरिवारको मृत्यु भएमा किरिया खर्च उपलब्ध गराएको असल ऋणि र जेष्ठ नागरिकलाई सम्मान गर्ने सुत्केरी महिलाहरुलाई अर्थिक सहयोगको प्याकेज लैजाने जस्ता निकै महत्वपूर्ण कार्य गरेको भन्दै अध्यक्ष महतरा क्षेत्री सहकारीको प्रसंशा गर्नुभयो ।

कार्यक्रम झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुन, बचत तथा ऋण जिल्ला सहकारी संघ प्युठानको उपाध्यक्ष माया गिरी झिमरुक सहकारीको संयोजन कमला रिजाल समाजसेवी बुद्धिजीवी लगाएकले संस्थाको प्रगतिको शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीले उल्लेखनीय योगदान गरेको भन्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीलाई सम्मान गरेको छ । त्यस्तै सहकारीमा आवद्ध जेष्ठ नागरिक असल ऋणि सहकारीका पुर्व कार्य समिति सदस्य लगाएत ब्यक्तिहरुलाई उहाँहरुले गर्नुभएको योगदानको उच्च मुल्यांकन गर्दै कार्यक्रममा सम्मान गरिएको थियो ।

सहकारी संस्थाको अध्यक्ष राधा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिबेदन सचिब मुना के.एम. र आर्थिक प्रगति प्रतिबेदन कोषाध्यक्ष इन्दिरा पोख्रेलले प्रस्तुत गर्नुभएको थियो ।

सहकारीको कुल बचत ४१ लाख ८९ हजार ६ सय ५८ रुपैया रहेको आर्थिक प्रतिबेदनमा उल्लेख छ । २०६७ सालमा स्थापना भैइ ११ वर्ष पूरा गरेको यो सहकारीले अहिलेसम्म २ लाख नाफामा रहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *