> आर्थिक/बिकास > एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको औपचारीक उद्घाटन


एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको औपचारीक उद्घाटन

प्यूठान, २९ असोज । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको औपचारिक रुपमा आज विहीबार उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कार्यालयको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य हरि प्रसाद रिजाल र कृष्ण ध्वज खड्का, जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्य, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतको उपस्थिती रहेको थियो । कार्यालय सदरमुकाम स्थित साविकको पशु सेवा कार्यालयमा रहेको छ ।
तस्विर :महावीर राना, पत्रकार महासंघ प्यूठानका अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *