> समाज > खलंगा–जोगीटारी सडक, हस्तान्तरण गर्न ‘टालटुल’ गरिदै


खलंगा–जोगीटारी सडक, हस्तान्तरण गर्न ‘टालटुल’ गरिदै

प्यूठान । खलंगा–चुँजाठाटी–जोगीटारी सडक हस्तान्तरणका लागि सडक मर्मत गर्न लागिएको छ । १९ किलोमिटर लामो सडक ४ वर्षअघि स्तरोन्नती सहित कालोपत्रे (वटासिल) गरिएको थियो । निर्माण भएको एक वर्षभित्र विग्रिएको सडकको अहिले मर्मत थालिएको हो ।

 


राष्ट्रिय ग्रामीण सडक सुदृढीकरण आयोजना(एसएनआरटिपी) अन्र्तगत ०७२ असोज २७ गते पहिलो प्याकेज भ्याट सहित एघार करोड ६९ लाख २५ हजार सात सय ८८ रुपैयाँमा लोहनी एण्ड ब्रर्दश प्रा.लि.चितवनले निर्माणको जिम्मा लिएको हो । सोही सडक अन्र्तगत दोस्रो प्याकजेजको ६ किलोमिटर सडकको काम ६ करोड ३२ लाख रुपैयाँमा सम्झौता भएर काम भएको थियो ।

निर्माण सम्पन्न भएर उक्त सडक ठाउँ ठाउँमा विग्रिएको छ । निर्माण व्यवसायीले कोरोनाका कारण तत्काल मर्मत गर्न नसकेको भन्दै अहिले ‘टालटुले’ मर्मतको काम अघि बढाएको छ । मर्मत गरेर हस्तान्तरण गर्नका लागि निर्माण व्यवसायीले गरको सडक मर्मतको गुणस्तरप्रति स्थानीय र सरोकारवालाले गुनासो गरेका छन् ।

हाल उक्त सडकको जिम्मा सडक पूर्वाधार कार्यालय प्यूठानले लिएको छ । निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न पत्र लेखेको कार्यालयका प्रमुख इन्जिनियर चन्द्र शाहले बताउनुभयो । कामको जिम्मा लिने गरि निर्माण व्यवसायीले लिखित जवाफ दिएको कार्यालयका प्रमुख इन्जिनियर चन्द्र शाहले बताउनुभयो । ‘कोल्डी मसन प्रविधिबाट मर्मत गरेको छ,’ इन्जिनियर शाहले भन्नुभयो ।

तर मर्मत गर्दा रोलरको प्रयोग गरिएको छैन । जसले गर्दा उक्त मर्मत गरिएको सडक लामो समयसम्म नटिक्ने स्थानीयको भनाई छ ।
उक्त विषयमा जिल्ला प्रशासन कायालय, सम्वन्धित कार्यालय, स्थानीय सरकारले समेत ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *