> राष्ट्रिय > किशोर किशोरी सशक्तीकरणको लागी युवा समुह गठन


किशोर किशोरी सशक्तीकरणको लागी युवा समुह गठन

झिमरुक । झिमरुक गाउँपालिकामा किशोरकिशोरीको चौतर्फी बिकास र सशक्तीकरणको लागि पैरवी गर्न युवा समुह गठन गरिएको छ ।

स्थानीय स्तरमा किशोर किशोरीको प्रजनन स्वास्थ्यका कैयन समस्या र मागलाई पैरवी गर्दै स्थानीय सरकारको पहुँचसम्म पुरयाउने र स्थानीय स्तरमा युवा नितिले परिकल्पना गरे अनुसार युवायुवतीको माग र मुद्दाको सम्बोधन गराउन पहल लिदै सहजीकरणको काम गर्ने उद्देश्यले समूह गठन गरिएको हो ।

 

झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले युवा युवतीलाई गाउँ गाउँमा संगठित र सुसूचित गर्दै लैजानुपर्ने बताउनिभयो । युवायुवतीलाई सकारात्मक बाटो तर्फ डोर्‍याउन सकेमात्र राष्ट्र निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

 

प्रजनन स्वास्थ्य सम्वधित शिक्षा गाउँ गाउँमा लैजानुपर्ने गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । युवा युवतीको हातमा गाउँ समाज जोडिएको हुदा बेथिति विरुद्ध आफै बोल्ने नभएसम्म सुधार नहुने बताउनुभयो ।

भेलाले संगीता जिसी पोख्रेलको संयोजकत्वमा २५ सदस्यीय पालिका स्तरीय युवा समिति गठन गरेको छ ।

 

मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कर्मचारी झिमरुक गाउँपालिकाका ८ वटै वडाका १७ देखि २९ वर्ष उमेर समुहका किशोर किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण युवा स्रोत ब्यक्ति एकराज गौतमले र स्वास्थ्य शाखा प्रमुख बिकास केसीले गर्नुभएको थियो ।

 

किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम युएसएआइडीको आर्थिक सहयोग, केयर नेपालको प्राविधिक सहयोग एवं मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्युठान, जपाईगो, एचडिआई, नेपाल सिआरएस कम्पनी र नेपाल युवा संस्था संजाल (आयोन)को साझेदारीमा जिल्लाका ५ स्थानीय तहमा संचालन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *