> राष्ट्रिय > माण्डवीको त्रिवेणीधाममा माघे सक्रान्ति मेला


माण्डवीको त्रिवेणीधाममा माघे सक्रान्ति मेला

प्युठान । माण्डवी गाउँपालिका- १त्रिवेणी धाम तिराममा माघे सक्रान्ति मेला आज बिबिध सांस्कृतिक कार्यक्रम, भजनकिर्तन् तथा हनुमान नाचका साथ सम्पन्न भयको छ।


भुपेन्द्र अधिकारीको अध्यक्षतामा भयको मेलाको प्रमुख अतिथि माण्डवी गाउँपालिका प्युठानका अध्यक्ष नमराज अधिकारी (रोसन) रहनु भएको थियो । मेलामा गाउँ पालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी विशेष अतिथी रहनु भएको थियो भने जनप्रतिनिधिहरु,समाजसेवी, संचारकर्मी लगायत ठुलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।


मेलाको प्रमुख अतिथि रोसनले पानसमा बत्ति बालेर उदघाटन गर्नुभएको थियो । उहाँले मौलिक कला संस्कृति जगेर्ना गर्न सबैजना लागि पर्नुपर्ने बताउदै स्थानीय सरकार त्यस प्रति सधैं सकारात्मक रहेको बताउनु भएको थियो । उहाँले महायज्ञ, सप्ताह लगायतका सबै प्रकारका धार्मिक कार्यक्रम गर्न सकिने गरी त्रिबेणीको संरचना निर्माण गरि जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीय स्थलको रुपमा बिकाश गर्ने सकिने पनि बताउनु भएको थियोे ।