प्यूठान । रासायनिक मल विक्रि वितरणको अवस्था बारे प्यूठान नगरपालिकाले अनुगमन गरेको छ । नगर भित्र युरिया, डिएपी लगायतका रासायनिक मल विक्रि वितरणको अवस्था बारे अनुगमन गरेको हो ।
विक्रि–वितरणको प्रणालीको अनुगमन गरिएको नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताउनुभयो । शंकास्पद स्थल सिल गर्ने, मुल्यमा एकरुपता कायम गर्ने बारे समेत अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।
अनुगमनले कृषकहरुको हकहित सुनिश्चित गर्दै पारदर्शिता, अनुशासन र विश्वसनीय बजार व्यवस्थानमा योगदान पुग्ने नगरपालिकाले विश्वास गरेको छ ।
प्यूठान नगरपालिकाका क्षेत्रमा ७ वटा सहकारी संस्था मार्फत रासायनिक मल वितरण हुँदै आएको छ ।
