> राष्ट्रिय > प्यूठानमा ५५ प्रतिशत मतदान, धेरै महिला मतदाता


प्यूठानमा ५५ प्रतिशत मतदान, धेरै महिला मतदाता

प्यूठान । जिल्लामा ५५ प्रतिशत मतदान भएको छ । आज सम्पन्न मतदानमा ८८ हजार ४७ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिुनभयो ।

 

उहाँका अनुसार ५५ दशमल ११ प्रतिशत मत खसेको हो । ३७ हजार ९ सय ६१ पुरुष र ५० हजार ८६ महिला मतदाताले मत खसालेको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

 

प्यूठानको प्यूठान नगरपालिका वडा नं. ८ स्थित गेजवाङ र नौबहिनी गाउँपालिका ५ डामृमा मतदानको क्रममा विवाद सृजना भएको थियो । मतपेटिका संकलनको काम भइरहेको र भोलिदेखि मतगणना शुरु हुने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *