> समाज > प्यूठानमा ३ सय १२ नयाँ क्षयरोगी, १३ जना बालबालिका


प्यूठानमा ३ सय १२ नयाँ क्षयरोगी, १३ जना बालबालिका

प्यूठान । पछिल्लो एक वर्षको अवधिमा प्यूठानमा ३ सय १२ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । १२० जना महिला र १९२ जना महिला रहेका छन् ।

जसमा १३ जना १४ वर्ष मुनिका बालबालिका रहेको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । २०८१ साउनदेखि २०८२ असारसम्मको एक वर्षको अवधिमा नयाँ क्षयरोगी पत्ता लागेका हुन् । आ.व. २०८१/८२ मा संचालित बार्षिक कार्यक्रमको समिक्षामा जिल्लामा क्षयरोगको अवस्थाको बारेमा जानकारी दिँदै श्रेष्ठले यस्तो जानकारी दिनुभएको हो । क्षयरोगका कारण प्यूठानमा १५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

 

पत्ता लागेका नयाँ क्षयरोगीलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार भैरहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताउनुभयो । क्षयरोग सरुवा रोग भएकाले यसको खोजपड्ताल अभियान संचालन गरि उपचारको दायरामा ल्याउनुपर्ने उहाँको भनाई थियो ।

 

कार्तिक १६ र १७ गते भएको समिक्षा कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । सरकारले सन् २०५० सम्ममा क्षयरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ ।