> समाज > ६८ औं प्रहरी दिवस : जग्गादाता सहित विभिन्न व्यक्तित्वलाई सम्मान र पुरस्कार


६८ औं प्रहरी दिवस : जग्गादाता सहित विभिन्न व्यक्तित्वलाई सम्मान र पुरस्कार

प्यूठान । ६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय प्युठानले जग्गादाता, अमर शहिद प्रहरीका परिवार, विभिन्न प्रतियोगिताका विजेतालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानमा आयोजित कार्यक्रममा जग्गादान गर्ने माण्डवी गाउँपालिका–३ देविस्थानका मतिलाल पौडेललाई सम्मान गरिएको हो ।

 

त्यसैगरी दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगितामा प्रथम प्युठान भ्याली एकेडेमी बाग्दुलाका सवरी भट्ट, द्वित्तिय अमर मा.बि.चुँजाका संगिता परियार, तृत्तिय ने.रा.मा.बि.का सागर नेपालीलाई पुरस्कार वितरण गरिएको छ ।
त्यसैगरी निवन्ध प्रतियोगितामा प्रथम भानुभक्त मा.बि. बरबोटका पुष्पा नेपाली, द्वित्तिय लोक चेतना एकेडेमि भिंगृका सन्ध्या खड्का, तृत्तिय जनता मा.बि.बड्डाँडाका अन्जना बि.क.लाई पुरस्कार प्रदान गरिएको छ ।

त्यसै गरी टेबलटेनिस खेलमा विजयी प्रहरी खेलाडीलाई पुरस्कार वितरण गरिएको छ । प्रथम प्रहरी निरीक्षक सागर भुसाल र प्रहरी निरीक्षक हुमानन्द खनाल, द्वित्तिय प्रहरी सहायक निरीक्षक चन्द्र बहादुर गुरुङ र प्रहरी जवान यम बहादुर थापा, तृत्तिय प्रहरी बरिष्ठ हवल्दार शम्भु श्रेष्ठ र प्रहरी हवल्दार दिपक शाहीलाई पुरस्कार प्रदान गरिएको छ ।

 

त्यसैगरी ब्याडमिन्टन खेलमा विजयी हुने खेलाडी प्रहरीलाई पुरस्कार प्रदान गरिएको छ । प्रथम प्रहरी निरीक्षक कृष्ण राना र प्रहरी हवलदार सुनिल चौधरी, द्वितीय प्रहरी सहायक निरीक्षक चन्द्र बहादुर गुरुङ र प्रहरी जवान डिल बहादुर सुनार, तृतीय प्रहरी सहायक निरीक्षक राम बहादुर राना र प्रहरी जवान सुर्य प्रकाश चौधरीलाई पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा अमर शहिद प्रहरीका परिवार, जेष्ठ पुर्व प्रहरी, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले प्रहरीले समुदायमा शान्ति सुरक्षा कायम गनुका साथै विपदको समयमा खेलेको अतुलनिय भूमिकाको प्रशंसा गर्दै अहिलेको नयाँ सूचना प्रविधिको प्रयोगमा समेत जोड दिनुपर्ने बताउनुभयो । उहाँले समुदाय प्रहरी सासझेदारी कार्यक्रम प्रभावकारी रहेको भन्दै त्यसलाई प्राथमिकता दिएर अघि बढाउन सुझाव दिनुभयो ।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष मोहनसिंह विष्ट, नेपाल पत्रकार महासंघ प्युठानका सदस्य शम्सेर विक्रम जिसी, अमर शहिद परिवारको तर्फबाट भगवति खड्काले मन्तव्य राख्नुभएको थियो । प्रहरी नायव उपरीक्षक इश्वर थापाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक हुमानन्द खनालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *