प्यूठान । प्यूठानका सवै मतदान केन्द्र निर्माण भएका छन् । भोलि हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जिल्लामा २ सय २३ वटा मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई सहज रुपमा मतदान गर्न सक्ने गरि केन्द्र बनाएक छन् ।

जिल्लाभर १ सय ५६ मतदान स्थलमा २ सय २३ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।
२ वटा मतदान केन्द्रमा महिला कर्मचारी
मल्लरानी गाउँपालिका-४ खलंगा स्थित महेन्द्र माविमा रहेको २ वटा मतदान केन्द्रमा महिला कर्मचारी खटिएका छन् । मतदान अधिकृत देखि कर्मचारी, नेपाल प्रहरी, म्यादी प्रहरी महिला खटिएका छन् । मतदान केन्द्र क मा कल्पना खड्का र ख मा माधवा रिजाल मतदान अधिकृत हुनुहुन्छ । क मा ६४४ र ख मा ६४४ मतदाता रहेका छन् । दुई वटा केन्द्रमा गरि २९ जनाको टोली खटिएका छन् ।

आाईतबार विहान ७ बजे नै मतदान शुरु गर्ने गरि सम्पूणर् तयारी गरिएको मतदान अधिकृत कल्पना खड्काले बताउनुभयो । अपांगता भएका, अशक्त, जेष्ठ नागरिकलाई प्राथमिकतामा मत हाल्ने व्यवस्था गरिएको समेत उहाँको भनाई छ । प्यूठानमा १ लाख ५९ हजार ७६० मतदाता छन् ।
