प्यूठान, २८ भाद्र । चितवनमा उपचाररत स्वर्गद्वारी नगरपालिका-४ गोठिवाङकी अस्मिता नेपालीको उपचारका लागि ‘WE ARE ONE ROYAL PYUTHAN’ ग्रुपले ५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।
ग्रुपमार्फत संकलन गरिएको रु ५ हजार आइतवार अस्मिताको घरमा पुगि परिवारलाई सो रकम हस्तान्तरण गरिएको शिव वस्नेतले जानकारी दिनुभयो । अस्मिताको उपचारमा आर्थिक समस्या परेको समाचार पढेपछि सहयोग संकलन अभियान संचालन गरेको उहाँको भनाई छ । मानविय भावना लिएर ग्रुपमार्फत आर्थिक संकलन सुरु गरेका हौँ, उहाँले भन्नुभयो, “हालसम्म संकलन भएको रकम आज परिवारलाई हस्तान्तरण गरेका छौँ ।”
थोरै थोरै रकमले धेरै भयो भने उपचार खर्च संकलन हुने भन्दै सबैलाई सहयोग गर्न समेत वस्नेतले आग्रह गर्नुभयो ।
ग्रुपले केहि दिन अघि प्यूठान नगरपालिका ८ बाग्दुलाकि दुर्गा गिरीको उपचारमा ७ हजार आर्थिक सहयोग गरेको थियो ।