> स्थानीय सरकार > निर्वाचनमा मौषमले साथ दियो, पुरुषभन्दा महिला मतदाता धेरै


निर्वाचनमा मौषमले साथ दियो, पुरुषभन्दा महिला मतदाता धेरै

प्यूठान । जिल्लाका मतदान केन्द्रमा मतदाताको संख्या पातलिँदै गएको छ । विहान ७ बजेदेखि नै मतदान शुरु भएकाले अधिकांश मतदाताले मतदान गरिसकेका छन् । आज पानी पर्ने अनुमान गरिएकाले पनि मतदाता विहानै मतदान केन्द्र पुगेका हुन् ।

 


३ बजेको अपडेट अनुसार सरुमारानीमा ७ हजार ३ सय ६२, झिमरुकमा ९ हजार ५ सय, ऐरावतीमा ९ हजार चार सय मत खसेको छ ।
यसअघि १ बजेको अपडेट अनुसार गौमुखीमा ८ हजार ७७६, नौबहिनीमा ९ हजार ६२३, प्यूठान नगरपालिकामा १५ हजार ४६४, मल्लरानीमा ५ हजार ६०२, माण्डवीमा ५ हजार ६७९, स्वर्गद्धारीमा ११ हजार ४३६ मत खसेको छ ।

 

जिल्लाका विभिन्न मतदान केन्द्रमा पुरुष मतदाता भन्दा महिला मतदाता बढी देखिएका छन् । हालसम्म खसेको मतमा पनि पुरुषको भन्दा महिलाको मत बढी रहेको छ ।

जिल्लामा निर्वाचनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गरेर मतदान केन्द्रमा तयारी गरिएपनि पानी नपरेपछि सहज भएको छ ।

 

मतदानका े पछिल्लो अवडेट केहिवेरमा प्रकाशन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *