समाज

अन्र्तराष्ट्रिय अपाङ्ग दिवस: अपाङ्गता भएका बालबालिकालाई सहयोग सामाग्री वितरण

प्यूठान, १८ मंसिर । २९ औँ अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानले सामाजिक डिभिजन कार्यालय र मल्लरानी गाउँपालिकासँग समन्वय गरि उक्त सामाग्री प्रदान गरेको हो ।
राष्ट्रिय अपाङ्ग सेवा संघले सञ्चालन गरेको अपाङ्गता आवास गृहका बालबालिकालाई सामाग्री वितरण गरिएको संघका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । त्यसैगरि कमजोर आयस्तर भएका दुई जना अपाङ्गता भएका व्यक्तिलाई लत्ताकपडा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

 

सो अवसरमा प्यूठान उद्योग वाणिज्य संघले समेत शैक्षिक सामाग्री उपलब्ध गराएको छ । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद अर्याल, सामाजिक डिभिजन कार्यालय प्यूठानका निमित्त प्रमुख हुतराज भट्टराई, मल्लरानी गाउँपालिका शिक्षा शाखा प्रमुख बासुदेव पण्डित, शिक्षा विकास तथा समन्वय इकाईका लेखाजोखा संयोजक साधना पण्डित प्यूठान उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर खत्रीले कार्यक्रममा अपाङ्गताको सवालमा आफूहरु प्रतिवद्ध रहेको जनाएका छन् ।

 

कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिले आफूहरुले नितीनियम अनुसार यातायात लगायतका क्षेत्रमा सहुलियत नपाएको गुनासो गरेका थिए ।

 

‘कोभिड(१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका ब्यक्तिहरूको पहुच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराको साथ जिल्लाका स्थानीय तहमा समेत कार्यक्रम गरिएको छ । प्यूठान नगरपालिका र झिमरुक गाउँपालिका बाहेकका सवै स्थानीय तहमा दिवसको अवसरमा विविध कार्यक्रम गरिएको छ ।

 

Related Articles

Back to top button