> आर्थिक/बिकास > ढलानको तयारीमा लाखाचौर पुल


ढलानको तयारीमा लाखाचौर पुल

महेश थापा
बाहाने, ३० जेठ । उत्तरी प्यूठानको बाग्दुला–बाहाने–स्याउलिवाङ सडक खण्ड अन्र्तगत लाखाचौरमा निर्माणधिन पुल ढलानको तयारीमा पुगेको छ ।

निर्माणको क्रममा विभिन्न कारणले काम प्रभावित भइरहेको पुल अब ढलान हुने अवस्थामा पुगेको हो । लकडाउनका बीच अहिले पुल निर्माणको काम तीव्र रुपमा अघि बढेको निर्माण पक्षले जानकारी दिएको छ ।

पुल निर्माणमा खटिएका मजदुर विहानदेखि साँझ अवेरसम्म काममा खट्ने गरेका छन् । आज राती परेको वर्षातले भने बालुवा, गिटी लगायतका सामाग्री बगाइदिएको निर्माण कम्पनीले जनाएको छ ।

निर्माणधिन पुलको सडक डिभिजन कार्यालय प्यूठान, नौबहिनी गाउँपालिकाका जनप्रतिनिधि लगायतले आज अनुगमन समेत गरेका छन् । यहि साता भित्र पुल ढलान सम्पन्न हुने गरि काम अघि बढेको छ । लाखाचौर स्थित लुङ खोलामा पुल नहुँदा स्याउलिवाङ, खवाङ लगायत क्षेत्रका नागरिक यातायातबाट बञ्चित हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *