प्युठान । प्युठानको ददेरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
सरुमारानी गाउँपालिका-२ ददेरीमा अन्दाजी २८ वर्षीया महिलाको बसको ठक्करबाट ज्यान गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्युठानबाट दाङको भालुवाङ जाँदै गरेको लु १ ख ९४७४ नम्बरको बसले ठक्कर दिएको थियो । मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । करीब साढे १२ बजे घटना भएको थियो ।
