> राष्ट्रिय > उद्यमशीलता विकासका लागि प्रदेश र स्थानीय तहको भुमिका विषयक संवाद कार्यक्रम सम्पन्न


उद्यमशीलता विकासका लागि प्रदेश र स्थानीय तहको भुमिका विषयक संवाद कार्यक्रम सम्पन्न

प्यूठान, २८ भाद्र । राष्ट्रिय युवा परिषद् , संघीय युवा सञ्जाल प्रदेश युवा सञ्जाल प्रदेश नं ५ को आयोजनामा उद्यमशीलता विकासका लागि प्रदेश र स्थानीय तहको भुमिका विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

आज अनलाइन भर्चुअलको माध्यमबाट भएको उक्त कार्यक्रमा युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, प्रदेश नं ५ सरकारका माननीय सामाजिक विकास मन्त्री सुदर्शन वराल, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर लगायतको उपस्थिति रहेका राष्ट्रिय युवा परिषद् संघीय युवा सञ्जाल प्रदेश नं ५ का सचिव सरोज खनालले जानकारी दिनुभयो ।


राष्ट्रिय युवा परिषदले युवाहरुलाइ अनुदान र भत्ता नदिएर सहुलेत ऋण दिने व्यवस्था तर्जुमा गर्ने युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताउनुभयो । यस्तै कार्यक्रममा सम्वोधन गर्दै प्रदेश नं ५ सरकारका माननीय सामाजिक विकास मन्त्री सुदर्शन वरालले प्रदेशमा युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिवद्धता जाहेर गर्नुभयो । यसैगरी नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले युवाहरुको २५ प्रतिशत छुटमा ऋण उपलव्ध कार्यक्रम पालिकाले सञ्चालन गरेको वताउनुभयो ।

कार्यक्रममा सहभागी सबैलाइ धन्यबाद दिदै अगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रदेश ५ युवा सञ्जाल इन्चार्ज साहिल अन्सारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *