> राष्ट्रिय > आधा प्युठान आध्यारोमा


आधा प्युठान आध्यारोमा

प्युठान । जिल्लामा विद्युत अवरुद्ध भएर आधा प्युठानका जनता अध्यारोमा बस्न बाध्य भएका छन् ।

भाद्र ४ गते बेलुकादेखि अवरुद्ध भएको विद्युत प्रशारण लाइन अहिलेसम्म मर्मत हुन नसक्दा प्युठानका झिमरुक नौबहिनी र गौमुखि गाउँपालिकाका बस्तिहरुका स्थानिय जनता अध्यारोमै बस्न बाध्य भएका हुन ।

 

 

बिना सूचना यसरी यति लामो समय विद्युतको लाइन अवरुद्ध हुँदा समेत विद्युत प्राधिकरण प्युठान शाखाले चासाे नदिएपछि समस्या भएको उपभाेक्ताकाे गुनासाे छ ।

 

विद्युत अवरुद्ध हुदा जिल्लामा संचार बिच्छेद भएको छ । सामान्य विद्युतबाट संचालन हुने कुटानिपिसानी मिल फर्निचर मेसिन दूध तथा मछामासु पसल प्रभावित भएका छन् ।

 

 

प्युठानमा विद्युत आउनुने जाने बिग्रेको लाइन बनाउन चासो नदिने समस्या चाहिँ नौलो होइन । बाग्दुलादेखी दम्तिसम्मका लाइनहरुमा समस्या भएकोले हिजो राती भएको अहिले बिहानैबाट विद्युतका कर्मचारी परिचालन गरि मर्मतको काम भैरहेकोले केही समयपछी विद्युत सुचारु हुने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *