प्यूठान । गौमुखी गाउँपालिका-५ खुङमा अरिङ्गाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ । अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि रुखबाट लड्दा स्थानीय कृष्ण थपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुवास खड्काले बताउनुभयो ।
करीव ११ गते राती भएको घटनामा ३५ वर्षीय थापाको मृत्यु भएको र अरु ५ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते ५ जनालाई अरिङ्गालले टोकेको छ । उनीहरुको प्यूठान अस्पताल विजुवारमा उपचार भइरहेको छ ।
खुङको खाल ओडारमा अरिङ्गाल पोल्ने क्रममा घटना भएको वडा अध्यक्ष बरुणध्वज मल्लले जानकारी दिनुभयो ।