प्यूठान । नेपाल प्रहरीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । १ लाख १५ हजार जना म्यादी भर्ना गर्ने गरि प्रहरीले सूचना जारी गरेको हो ।
भदौ ३० गतेदेखि भर्नाका लागि दरखास्त दिन सकिनेछ । असोज ६ गतेसम्म भर्नाको समय राखिएको छ । सार्वजनिक विदाको दिन समेत भर्ना लिने सूचनामा उल्लेख छ ।
म्यादीमा भर्ना हुनका लागि न्यूनमत योग्यतासँगै यसअघिको निर्वाचनमा म्यादी भएर काम गरेकालाई प्राथमिकता दिइनेछ ।