> राष्ट्रिय > नेपालमा दुई महिने शिशु सहित थप १७ जनामा देखियो कोरोना संक्रमण


नेपालमा दुई महिने शिशु सहित थप १७ जनामा देखियो कोरोना संक्रमण

प्यूठान, २४ बैशाख
नेपालमा दुई महिने शिशु सहित थप १७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

आज देखिएका सबै संक्रमित विरगञ्जका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ७ जना महिला र १० जना पुरुष रहेका छन् ।