प्यूठान, २४ बैशाख
नेपालमा दुई महिने शिशु सहित थप १७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
आज देखिएका सबै संक्रमित विरगञ्जका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ७ जना महिला र १० जना पुरुष रहेका छन् ।
