> राष्ट्रिय > प्युठानको झिमरुकमा एक पुरुष मृत फेला


प्युठानको झिमरुकमा एक पुरुष मृत फेला

झिमरुक । प्युठानको झिमरुक गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

मंगलबार झिमरुक गाउँपालिका वडा नम्बर ४ स्थित काफलखोली भन्ने स्थानमा मृत फेला परेको झिमरुक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धुर्वराज खनालले जानकारी दिनुभयो । झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारे भाडेपाटा बस्ने वर्ष ५३ का लाल बहादुर रोका मृत भेटिएको बताउनुभयो ।

अहिले ईलाका प्रहरी कार्यालयको टोली, जनप्रतिनिधि र मृतकको आफन्त घटना स्थलमा पुगेर मुचुल्का उठाउने र थप अनुसन्धान भैरहेको उहाँको भनाइ छ ।

मृतक रोका नेपाली नागरिकताको प्रमाणपत्र बनाउन वडा कार्यालयबाट २ दिन अगाडि खलंगा हिडेको बुझिएको छ । घटना बारे थप अनुसन्धान पछिमात्र सत्यतथ्य बाहिर ल्याउने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *