प्यूठान, २२ भदौं । प्यूठान सारी निवासी समाजसेवी तथा युवा व्यवसायी भरत राउतले आर्थिक अभावमा उपचार नपाएकी एक महिलाको उपचारमा सहयोग गर्नुभएको छ । रुखबाट लडेर दुवै खुट्टा भाँचिदा समेत उपचार पाउन नसकेकी स्वर्गद्धारी नगरपालिका वडा नं. ५ सारीकी ४५ वर्षिय झमकली वि.क.को उपचारमा सहयोग गर्नुभएको हो ।
‘पाँच दिन अघि रुखबाट लडेर घाईते हुनुभएको रहेछ ।’ ,उहाँले भन्नुभयो, ‘आर्थिक अभावका कारण उपचार नभएको थाहा भएपछि मानविय नाताले उपचारमा सहयोग गरेको हुँ ।’ जिल्ला अस्पताल विजुवारले सोमवार घाईतेको दुवै खुट्टा प्लाष्टर गरेको छ ।
घाईतेलाई जिल्ला अस्पताल विजुवारमा ल्याई उपचार पछि माईतिघर सुनिलस्मृति गाउँपालिका वडा नं. १ घोडागाउँसम्म पु¥याईएको राउतले बताउनुभयो । उपचार पाए पछि झमकलीले खुसी व्यक्त गर्नुभयो ।
घाईते भएपछि झमकली सारीका स्थानीय यमराज सुनारको घरमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमान् र एक छोरा छन् ।
समाजसेवी राउतले यसअघि पनि असाहय, विपन्नलाई सहयोग गर्नुका साथै सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।
