> राजनीति > कोभिड विरुद्धको खोप प्यूठानमा विद्यालयमै लगाइदै


कोभिड विरुद्धको खोप प्यूठानमा विद्यालयमै लगाइदै

अनुज पछाई
प्यूठान । प्यूठानमा १२ देखि १८  वर्षका विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएकाे छ । मोडर्ना खोपको पहिलो मात्रा पुस ६ गते देखि १० गतेसम्म खाेप लगाइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

 

कोरोनाविरुद्धको मोर्डना खोपलाई विद्यालयमा पुगेर लगाउने तयारी भएको हो । लक्षित उमेर समूहका बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमै पुगेर खोप लगाउने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसुदन खडकाले जानकारी दिनुभयाे ।

 

कार्यालयले सबै बालबालिकालाई खोप लगाउनको लागि पालिकाका शिक्षा र स्वास्थ्य शाखाका प्रमुखसँग सूक्ष्म योजना निर्माण भएको छ ।
२०६१ साल मङ्सिर देखी २०६६ साल मङ्सिर भित्र जन्मिएका बालबालिकाहरूलाई नजिकको विद्यालयमा गई खोप लगाउन अनुरोध गरिएकाे छ ।

 

लक्षित समूहका सबैलाई खोप लगाउन कक्षा ६ देखि माथि सञ्चालन भएका सबै विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ । विद्यालय पढ्दै गरेका र विद्यालय छाडेका सबैलाई खोपको दायरामा ल्याउन शिक्षक तथा स्वास्थ्यकर्मी परिचालन गरिने प्यूठान नगरपालिकाका शिक्षा श्रोत ब्यक्ति बिष्णु प्रसाद पोख्रेलले बताउनुभयाे ।

 

मोर्डना खोप २८ दिनको फरकमा २ पटक लगाइने विश्व स्वास्थ्य सङ्गठनका कन्सलट्यान्ट मुकुन्द रेग्मीले बताउनुभयाे । रेग्मीले खोपको विषयमा सरोकारवालालाई सहजीकरणसमेत गर्नुभएकाे थियाे

 

पहिलो मात्राको लागि प्यूठानमा २८ हजार ८०० डोज खोप स्वास्थ्य कार्यालयलाई प्राप्त भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठ बताउनुभयाे । हरेक पालिकामा १० दिनसम्म खोप अभियान चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *