> स्थानीय सरकार > गौमुखीको नीति तथा कार्यक्रम र बजेट : ५० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ता


गौमुखीको नीति तथा कार्यक्रम र बजेट : ५० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ता

प्यूठान । गौमुखी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रम र बजेटमा पालिका भित्रका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्था गरेको छ । पालिकाले ५० वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक एक हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रम बनाएको हो । त्यसैगरि ग वर्गका अपांगता भएका व्यक्तिलाई पनि मासिक रुपमा १ हजार रुपियाँ भत्ता उपलब्ध गराउने भएको छ ।

 

गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु पालिकाले खरिद गर्ने र त्यसका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । २० युनिटसम्मको विद्युत महशुल पालिकाले भुक्तानी गर्ने भएको छ ।

 

गौमुखी गाउँपालिका गाउँसभाको १२ औं अधिवेशनमा पारित नीति तथा कार्यक्रम र प्रस्तुत बजेटका प्रमुख विषेशताहरु ।
१-“समृद्ध गौमुखी गाउँपालिका निर्माणको आधार ;कृषी,शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्बाधार” भन्ने नाराका साथ लगानीका प्राथमिकता क्षेत्र निर्धारण ।
२- आ व ०७९/८० मा रु ४६ करोड ६६ लाख९८ हजार व्यय अनुमान ।
३-बिद्यालयहरुको भौतिक पुर्बाधार निर्माणमा मुख्य जोड,प्राबिधिक धार तर्फ उच्च शिक्षा अध्यन गर्ने बिद्यार्थीहरुमा लगानी,क्याम्पस स्थापना,इ लाइब्रेरी,स्थानीय पाठ्यक्रम लागु गर्ने,सिकाई उपलब्धि र शैक्षिक गुणस्तरमा वृद्धि, शैक्षिक जनशक्तिको व्यबस्थापन,विद्यार्थी सङ्ग गाउँसरकार कार्यक्रम ।
४-“घर दैलोमा डाक्टर कार्यक्रम” अन्तर्गत स्वास्थ्य सेवामा नागरिककोको सहज पहुँच,अति बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा,१५ सैयाको अस्पताल निर्माण र एम्बुलेन्सको व्यबस्था ।
५- “एक घर एक स्वच्छ खानेपानी धारा” को नीति अनुसार खानेपानी तथा सरसफाई गुरुयोजना निर्माण गरि खानेपानी आयोजनाहरु संचालन गर्ने ।
६-आगामी २ वर्षभित्र प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गर्ने ।
७-गौमुखीको पर्यटन गुरुयोजना निर्माण गरि कार्यान्वयन गर्ने,बाइसमुल,झाकृढुङा,नाङ्गी,दहबसे,रानीताल,तामाखानी,देबी मन्दिर,नारिकोट,गुफा,कैलास दह लगायत पर्यटकिय गन्तव्यहरुको पर्बर्धन र पर्यटकीय पुर्बाधार निर्माण गर्ने , विभिन्न जातजातिका संस्कृती संरक्षणमा विषेश ध्यान दिदै पन्चेबाजा र मारुनी/सोरठी प्रतियोगिता आयोजना गर्ने ।
८- “एक घर एक सिपयुक्त जनशक्ति” को नारालाई सार्थक बनाउन सिपमुलक तालिम,उद्धमीहरु सृजना गर्ने, सबैखाले विकास योजना हरुलाई रोजगारी सृजना गर्ने कार्य सङ्ग जोड्ने । पालिका भित्र आयातित खादा मालाहरुको प्रयोगलाई निरुत्साहित गर्ने ।
९-स्थानीय स्तरमा न्यायनिरुपण गर्ने मेलमिलापकर्ताहरुको भुमिकालाई प्रभावकारी बनाउने,न्यायीक समितिहरुको जिल्ला सम्मेलन आयोजना गर्ने ।
१०-कृषि क्षेत्रको व्यबसायीकरण,यान्त्रिकरण र आधुनिकीकरण गर्न जोड गर्ने,कृषकले उत्पादन गरेका कृषि तथा पशुपन्छीजन्य उत्पादनको मुल्यनिर्धारण गरि गाउँपालिकाले खरिद तथा बजारीकरणको व्यबस्था गर्ने,कृषी एम्बुलेन्स संचालन गर्ने ।
११-गाउँपालिका केन्द्र देखि प्रत्यक वडाका केन्द्र सम्म जाने सडकहरुलाई स्तरउन्नति गर्ने,बाग्दुला-ठुलावेसी-भिमगिठ्ठे सडक निर्माण सुचारु गर्न पहल गर्ने ।
१२-महिला,बालबालिका,दलित,जनजाति,अपाङ्ग र आर्थिक सामाजिक रुपले पछाडि पारिएका समुदायको सशक्तीकरण एवं मुलप्रबाहीकरणका लागि विषेश कार्यक्रमहरु संचालन गर्ने ।
१३- ग बर्गका अपाङ्गता भएका व्यक्ति र ५० वर्ष पुगेका एकल पुरुषहरुको सामाजिक सुरक्षाका लागि मासिक १००० भत्ताको व्यबस्था ।
१४-मातृशिशु स्वास्थ्य सुधारका लागि “गर्भवती तथा सुत्केरी कोशेली कार्यक्रम”संचालन ।
१५- सार्बजनिक सेवा प्रबाहलाई छिटोछरितो र सहज बनाउने ,गुणस्तरीय र प्रबिधिमैत्री सेवा प्रबाहका लागि गाउँपालिकाको एप्स,डिजिटल नागरिक बडापत्रको व्यबस्था,सुशासन,पारदर्शिता र जबाफदेहिता पर्बधन गर्न इ हाजिरी,डिजिटल माध्यम बाट अनुगमन सुपरिबेक्षण गर्ने प्रणाली अवलम्बन गर्ने ।
१६- आगामी २ वर्ष भित्र गाउँपालिकाका सबै घरमा केन्द्रिय प्रशारण लाइनको विद्युत पुर्याउने र २० युनिट सम्म विद्युत उपभोग गर्ने उपभोक्ताको महसुल गाउँपालिकाले भुक्तानी गर्ने ।
१७-स्थानीय तह अन्तरगत रहेका कर्मचारीहरुको तलबमानमा संघीय सरकारको निर्णय अनुरुप १५%वृद्धि,कर्मचारीलाई जिम्मेवारी प्रति लगनशील र जबाफदेही बनाउने ।
१८- चालुखर्चलाई घटाउदै पुजिगत खर्चमा वृद्धि गर्ने,योजना निर्माण र कार्यान्वयनमा बढी भन्दा बढी जनसहभागिता सुनिश्चित गर्ने,विकास योजनाहरु समयमै सुरुवात गरि समयमै सम्पन्न गर्ने,राम्रो काम गर्ने उपभोक्ता समितिहरुलाई पुरष्कृत गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *