प्यूठान । भालुवाङ–प्यूठान सडक अन्तरगत क्वाडीदेखि बाग्दुलासम्म सडक विस्तार हुने भएको छ । गतवर्षदेखि शुरु भएको सडक विस्तार योजना यस वर्ष पनि निरन्तर हुँदैछ ।
सडक चौडाई र स्तरोन्नतीको काम गर्दा हुने क्षति न्यूनिकरणका लागि प्यूठान नगरपालिकाकाले बृहत छलफलको आयोजना गरेको छ । भोलि मंगलबार जुम्रिमा नागरिक सम्बाद कार्यक्रमको आयोजना गरी सडक विस्तारका बारेमा व्यापक छलफल गर्न लागिएको प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताउनुभयो ।
क्वाडीको वेलुवादेखि जुम्रि, विजुवारहुँदै बाग्दुला पुल्चोकसम्म सडक विस्तारको काम गर्न राय सुझावका लागि सरोकारवाला सबैलाई सहभागीताको लागि नगरपालिकाले आव्हान गरेको छ ।
नगरपालिकाका मेयर विष्णुबहादुर योगीका अनुसार संघीय सडक अन्रतगत ४ करोड, लुम्बिनी प्रदेशको ३ करोड र प्यूठान नगरपालिकाको ३ करोड गरी कुल १० करोडको लागतमा आ.व. २०८२÷०८३ मा सडक विस्तार गर्न लागिएको छ ।
हालको सडक अन्तरगत दुवै तर्फ साढे सात मिटर सडक चौडाई गर्ने नगरपालिकाको योजना छ ।
