प्यूठान, चैत ३० गते ।
जिल्लामा क्वारेन्टाइनमा बसेका व्यक्तिको ¥यापिड डाईनोष्टिक टेष्ट मार्फत कोरोना संक्रमणको जाँच गरेसँगै उनीहरु घर फर्किन थालेका छन् । स्वास्थ्य कार्यालय प्यूठानले थालेको ¥यापिड डाईनोष्टिक टेष्ट ३९ जनामा गरेकोमा सवैमा नगेटिभ देखिएको छ ।
ऐरावती गाउँपालिकाका १६ जना र स्वर्गद्धारी नगरपालिकाका २३ जना क्वारेन्टाइनमा बसेका व्यक्ति परिक्षण पश्चात घर फर्केका छन् । तर अझै केही समय सम्म सबै सचेत र संयमित हुन जरुरी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमखु विशाल सुवेदीको आग्रह छ ।
अब जिल्लाभर ४२ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये स्वर्गद्धारीमा २५ जना, ऐरावतीमा १० जना, सरुमारानीमा २ जना र माण्डवीमा ६ जना क्वारेन्टाइनमा रहेका छन् ।
