> समाज > प्यूठानमा विपद् प्रतिकार्य योजना कार्यान्वयन भएन


प्यूठानमा विपद् प्रतिकार्य योजना कार्यान्वयन भएन

सृजना सेन
प्यूठान, २४ असार । जिल्लामा विपद् पुर्व तयारी प्रतिकार्य योजना कार्यान्वयनका विषयमा सरोकारवालाले आवाज उठाएका छन् । जिल्लामा बिपद् पुर्वतयारी प्रतिकार्य योजना कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै जिल्ला तथा स्थानीय तहमा कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण बिषयक सरोकारवालाबीच भएको छलफलमा उक्त विषयले प्राथमिकता पाएको हो । छलफल तथा अन्र्तक्रिायमा विपद पुर्व तयारी प्रतिकार्य योजना कार्यान्वयनको लागी जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराउन सहभागीले सुझाव दिएका छन् ।

सहभागीहरुले कोरोना महामारीले गर्दा शैक्षिक व्यवस्थामा समस्या देखिएको भन्दै त्यसतर्फ समेत ध्यानाकर्षण गराएका छन् । क्वारेन्टाइन बनेका विद्यालयललाई अन्यत्र व्यवस्थापन गर्दै शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने सहभागीको भनाई छ । साथै स्थानीय सरकारले यूवालाई स्वरोजगार बनाउन कृषि, र उद्योगमा सीप विकास गर्न सहभागीहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *