समाजराष्ट्रिय

प्यूठानमा आज मध्यरातीदेखि पुनः लकडाउन

प्यूठान, २ भदौ ।  जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि पुन लकडाउन गर्ने निर्णय गरिएको छ ।

जिल्लामा कोरोना संक्रमण वढ्दै गएपछि आज बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले मंगलवार राती १२ वजेदेखि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।
“अत्यावश्यक यातायातका साधनवाहेक अन्य सवै वन्द गर्ने निर्णय भएको छ,” प्रमुख जिल्ला अधिकारी भुषालले भन्नुभयो, “स्वास्थ्य सर्तकता नपनाई संचालन गर्ने पसललाई समेत कारवाही हुन्छ ।”

बजारमा भिडभाड समेत वढेकोले बजार अनुगमका लागि समेत अगुगमन टोली गठन गरिएको उहाँले जानकारी दिनुभयो । “पसल शिल गर्ने सम्मको अधिकार अनुगमन समितिलाई दिईएको छ,” उहाँले भन्नुभयो ।

कोरोना संक्रमण नियन्त्रण गर्न जिल्लामा मास्क नलगाई हिड्ने व्यक्तिलाई कारवाही थालिएको समेत उहाँले जानकारी दिनुभयो । मास्क नलगाउनेलाई एक सय रुपियाँ जरीवाना थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार हालसम्म ३७ जनालाई कारबाही गरिएको छ ।

Related Articles

Back to top button