> स्थानीय सरकार > सरुमारानीले तोक्यो खसीबोकाको मूल्य


सरुमारानीले तोक्यो खसीबोकाको मूल्य

प्युठान । सरुमारानी गाउँपालिकाले खसीबोकाको विक्री मूल्य निर्धारण गरेको छ । सरोकारवाला निकाय सहित बसेको बैठकले विगत २ वर्षदेखि खसीबोकाको मूल्यमा वृद्धि नभएको र किसानले उचित मूल्य नपाएको गुनासो आएपछि गाउँपालिकाले मूल्य वृद्धि गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

 

नयाँ निर्धारण गरेको मूल्य अनुसार जिउँदो खसी ३० केजीसम्म प्रति केजी ४८५ रुपियाँ र ३० केजी भन्दा माथी प्रति केजी ५५० रुपियाँ तोकिएको छ । त्यसैगरी जिउँदो बोका ३० केजीसम्म प्रति केजी ४८५ रुपियाँ र ३० केजी भन्दा माथी ५ सया रुपियाँ तोकिएको गाउँपालिकाले जनाएको छ ।

 

बैठकमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख सहित शान्ति कुन्ज महिला उद्यमी सहकारी, सक्रिय महिला उद्यमी सहकारी, सरुमारानी महिला उद्यमी सहकारी, सेवा नेपाल, बाख्रापालक किसान, व्यापारी र सरोकारवालाको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *