> राष्ट्रिय > मानव अधिकार एलायन्स प्यूठानको जिल्ला भेला तथा प्रथम अधिवेशन सम्पन्न


मानव अधिकार एलायन्स प्यूठानको जिल्ला भेला तथा प्रथम अधिवेशन सम्पन्न

प्यूठान । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) प्यूठानको जिल्ला भेला तथा प्रथम जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । भेलाले रविन्द्र पाण्डेको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको छ ।

 


जसको उपाध्यक्ष शिवा रेग्मी, सचिव विजयसिंह भारती, कोषाध्यक्ष राधिका खड्का र सदस्यमा नेत्रमणी आचार्य, छन्द बहादुर बस्नेत, चन्द्रा रायमाझी खड्का, दिने घर्तिमगर, प्रकाश आचार्य, देवकीदेवी भण्डारी, सुमित्रा सुनार, सपना पोख्रेल र केशरा खत्री रहनुभएको छ ।

 

भेलाले पाँच वुदे घोषणापत्र समेत जारी गरेको छ । मुल्यवृद्धि, कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । त्यसैगरि कृषि मल ,वीउको उपलब्धतासँगै उत्पादनमुखी र किसान लक्षित कार्यक्रम प्रभावकारी बनाउन माग गरेको छ ।

 


स्थानीय सरकारले नियम, विधि, प्रक्रियासँगत ढंगले नियुक्त भएका कर्मचारीलाई विना कारण, विना सूचना, विना विधी, प्रक्रियाले हटाउने निणर्य गरेको भन्दै हटाइएका कर्मचारीको पुनः वहालीको माग गरेको छ ।

 

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजयविराज विष्टको प्रमुख आतिथ्यता, एलायन्सका केन्द्रीय सचिव शोभाराम डाँगी, नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य गोमा रेग्मी, धना कार्कीको विशेष आतिथ्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *