प्यूठान, ३२ जेठ । नेपालमा थप ४२५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ४२५ जना नया कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालको ७३ जिल्लामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९७४ पुगेको छ ।
यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
