> स्थानीय सरकार > स्वर्गद्वारी नगरपालिकाले हटायो ३४ कर्मचारी


स्वर्गद्वारी नगरपालिकाले हटायो ३४ कर्मचारी

प्युठान । स्वर्गद्वारी नगरपालिकाले करारमा रहेका ३४ जना कर्मचारीलाई हटाएको छ । करारमा काम गर्दै आएका उनिहरुको आज साउन १ गतेदेखि कामकाज नगराउने गरि नगरपालिकाले म्याद थप नगर्ने निर्णय गरेको हो ।

उक्त निर्णयप्रती बैठकमा २ जना सदस्यले असहमति जनाएका छन । वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण बहादुर रोकाय र वडा नम्बर ९ का वडा अध्यक्ष नरेन्द्र पुन मगरले असहमति जनाउनु भएको छ ।

उक्त निर्णयको पक्ष र विपक्षमा बहस भएका छन । यस अघि माण्डबि गाउँपालिकाले पनि करार कर्मचारी हटाएको छ ।