> समाज > प्यूठान नगरपालिका २ द्धारा विपन्न परिवारलाइ खाद्यान्न राहत वितरण


प्यूठान नगरपालिका २ द्धारा विपन्न परिवारलाइ खाद्यान्न राहत वितरण

प्यूठान, २४  चैत्र
प्यूठानको प्यूठान नगरपालिका वडा नं. २ ले दैनिक मजदुरी गरेर खाने परिवारलाइ आइतवार खाद्यान्न राहत वितरण गरेको छ ।
लक डाउनको कारण कोहि पनि भोकै बस्न नपरोस् भन्ने उदेश्यले गरिव तथा दैनिक मजदुरी गरेर खाने परिवारकलाइ दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।

वडा कार्यालयले तयार पारेका लगत अनुसार १४२ परिवारलाइ अति आवश्यक खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो । अध्यक्ष का अनुसार परिवारको संख्याको आधारमा चामल, दाल, तेल, नुन र माक्स प्रदान गरिएको हो ।
वडा कार्यालयले दोस्रो चरणमा पनि खाद्यान्न वितरण गर्ने तयारी गरिएको अध्यक्ष पोख्रेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!